एउटा घरमा आगलागी हुँदा ९८ लाख बराबरकाे क्षति

फाइल तस्बिर

मोरङ– सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा करिब ९८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

सोमबार बिहान करिब २ बजे ख्याम्पुका चन्द्रप्रकाश कोइरालाको घरमा विद्य‌ुत सर्ट भई आगलागी हुँदा सो क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

आगलागी हुँदा कोइरालाको तीनतले ढुङ्गामाटोको घर, काठ तथा तख्ती २ सय थान, सरा २ सय थान, लत्ता कपडा र अन्नपात पूर्ण रुपमा जलेर नष्ठ भएको छ।

आगलागीका कारण कोइरालाको करिब ८० लाख रुपैयाँको क्षति भएको प्रहरीको भनाइ छ। त्यसैगरि सोही घरमा कोठा भाडा लिई बस्दै आएका रमेशकुमार राईको स्टोर्समा रहेको जुत्ता, चप्पल, कपडा, किराना सामानसमेत आगलागीबाट पूर्ण रुपमा जलेका छन्।

प्रहरीका अनुसार राईको स्टोर्समा करिब १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनाको सन्दर्भमा बिहान करिब ४ बजे अस्थायी प्रहरी चौकी सल्यानबाट खटिएको उद्धार टोली र स्थानीयको सहयोगमा सवा ६ बजे बिहान आगो नियन्त्रणमा आएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

कात्तिक ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्