२० वर्षअघि बाबुको हत्या: कुवेत पुगेर लुके, नेपाल फर्किएर परिचय बदले

सांकेतिक तस्बिर

काठमाडौँ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोलीले २० वर्षअघिको एक हत्या प्रकरणका आरोपीलाई पक्राउ गरेको छ।

काभ्रेको नमोबुद्धमा आफ्नै बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने रनबहादुर तामाङ २० वर्षपछि पक्राउ परेका हुन्।

विज्ञापन

२०५७ साल चैत २९ गते मादक पदार्थ सेवन गरेका रनले  घरायसी विवादमा बाबुको घाँटीमा धारिलो हतियार प्रहार गरेको सीआईबीको दावी छ।

हत्यालगत्तै फरार भएका रनबहादुर पछि वैदेशिक रोजगारीका लागि कुवेत पुगेको र फर्किएर नेपालमा परिचय बदलेर बसेको सीआईबीले जनाएको छ। उनी काठमाडौँको कीर्तिपुरबाट पक्राउ परेका हुन्।

रनबहादुर पछिल्लो समय घर बनाउने मिस्त्रीको काम गर्दै आएका थिए।

कार्तिक ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्