करेन्ट लागेर एक जनाको मृत्यु

सांकेतिक तस्बिर

पाँचथर– पाँचथरको कुम्मायक गाउँपालिकामा करेन्ट लागेर सोमबार पाल्पाको रुप्से गाउँपालिका–९ का ईश्वर सारु मगरको मृत्यु भएको छ।

कुम्मायक–३ स्थित हाङथुवामा बिजुलीको काम गर्ने क्रममा निजलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएका मगरलाई उपचारका लागि पाँचथर अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

कात्तिक ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्