सुरुङमार्ग उद्घाटनको तामझाम (१० तस्बिरहरु)

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुंगा–सिस्नेखोला सुरुङमार्गको तामझामका साथ उद्घाटन गरेका छन्।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा सोमबार चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित एक कार्यक्रममा सुरुङमार्गको उद्घाटन गरिएको हो।

विज्ञापन

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगबाट सुरुङमार्ग निर्माण गर्न लागिएको हो। यसका लागि करिब २२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ।

२२ अर्ब मध्ये जाइकाको १६ अर्ब रुपैयाँ ऋण सहयोग र ६ अर्ब नेपाल सरकारको आन्तरिक स्रोतबाट व्यहोरिने छ।

कार्तिक ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्