प्रधानमन्त्रीले गरे सुरुङमार्गको शिलान्यास

४२ महिनामै यताबाट छिरेर उताबाट फुत्त निस्कन सकिएला?

नागढुंगाको बाटो हरेक दिन हजारौँ यात्रुले यात्रा गर्छन्। यहाँको सबैभन्दा ठूलो समस्या भनेकै घण्टौको जाम र धुवाँधुलो हो।

उक्त समस्याबाट यात्रुलाई मुक्त गराउने प्रयास सुरु भएको छ, सोमबारदेखि।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष कार्यक्रमकाबीच सुरुङमार्गको शिलान्यास गरे, सोमबार दिउँसाे।

यो सुरुङमार्गको शिलान्यासबाट नेपालले नयाँ उचाइ लिएको, अर्को एक फड्को मारेको र एक कदम अघि बढेको प्रधानमन्त्रीको दाबी छ।

अग्ला पहाडहरु छेडेर सुरुङमार्ग बनाउने कार्य चुनौती र जोखिमपूर्ण मानिन्छ। तर, प्रधानमन्त्रीका लागि भने ‘यो यताबाट छिरेर उता फुत्त निस्कने त हो… ४२ महिनामा काम सकिन्छ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पनि ओलीलाई समर्थन गर्दै यो कार्यले ३८ महिना पनि नलिने ठोकुवा गरेका छन्।

उक्त सुरुङमार्ग २६८८ मिटर लामो हुनेछ।

यसबारे यो भिडियो रिपोर्ट:

कात्तिक ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्