बदली देशभर, पहाडी क्षेत्रको यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

काठमाडौँ – देशभरिको मौसम बदली भएको छ र यसको कारण अरब सागरको पूर्वी–मध्यय भागमा विकसित भएको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मंगलबार दिउँसो देशका मध्य तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।

विज्ञापन

यस्तै देशका बाँकी क्षेत्रको मौसम आंशिक बदली हुनेछ । मध्य र पूर्वी पहाडका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

मंगलबार राति पनि देशका मध्य तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रको मौसम आंशिक बदलीका अवस्थामा रहने छ ।

राति पूर्व र मध्यका पहाडी क्षेत्रको एक–दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । पहाडी क्षेत्रको यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिइएको छ ।

कार्तिक ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्