बेलायती राजकुमार विलियम्स भाइ ह्यारीको विषयमा चिन्तित

बेलायती राजकुमार विलियम्स भाइ (राजकुमार ह्यारी) बारेमा चिन्तित रहेको बताइएको छ।

राजकुमार ह्यारी उनकी श्रीमती मेगन अर्थात द ड्युक एण्ड डचेज अफ ससेक्सले आइटिभीमा आइतबार प्रशारण भएको वृत्तचित्रमा दिएको अन्तर्वार्तामा मानसिक स्वास्थ्यलाई लिएर अझै पनि संघर्षमा रहेको बताएपछि दाइ (द ड्युक अफ क्याम्ब्रिज) चिन्तामा रहेको केन्जिङ्गटन प्यालेस स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

विज्ञापन

राजकुमार विलियम्सले भाइ र बुहारी (राजकुमार ह्यारी र उनकी पत्नी मेगन) ठीक रहेको आश गरेको बताइएको छ । आइटिभीको वृत्तचित्रमा ह्यारी र मेगनले आफूहरु अहिले संघर्षरत रहेको बताएका छन् ।

बेलायती ट्याब्लोइड पत्रिकाले गरिरहेको सुक्षम निगरानीका कारण उनीहरु समस्या रहेको बताइन्छ । केन्जिङ्टन प्यालेसल आइटिभीमा प्रशारण भएको अन्तर्वार्ताका समबन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।

अन्तर्वार्तालाई लिएर राजकुमार विलियम्स रिसाएको भन्ने खबर भने केन्जिङ्टन प्यालेस स्रोतले स्पष्ट रुपमा खारेज गरेको छ ।

अन्तर्वार्ताको क्रममा राजकुमार ह्यारीले दाजुभाइले राम्रा र खराब दुवै दिनहरु भोगेको बताएका थिए । यस्तै उनीले आफूहरुको मार्ग अहिले भिन्न रहे पनि एकअर्काका लागि जहिले उपलब्ध रहेको बताएका थिए ।

कार्तिक ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्