भैँसी चोरीको आरोपमा तीनजना पक्राउ

फाइल तस्बिर

सप्तरी – सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसी चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीनजनालाई पक्राउ गरेको छ ।

भैँसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का २६ वर्षीय मो रफिल मियाँलाई नियन्त्रणमा लिइएको छ । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा अन्य साथीसमेत चोरीमा संलग्न रहेको भनी बयान दिएका आधारमा थप दुईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

विज्ञापन

सो क्रममा खोजतलास गर्दै जाँदा ज १ च १२०१ नम्बरको पिकअपसहित भैँसी लोड गर्न रुपनीचोकमा बसिराखेको अवस्थामा सिरहा महेशपुर पतारी गाउँपालिका–४ का ३५ वर्षीय नसरुल मियाँ र धनुषा गणेशमान चारनाथ नगरपालिकाका २८ वर्षीय नारायण बुढाथोकीलाई पिकअपसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्तिक ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्