जापानका सम्राटले गरे गद्दी आरोहण

जापानी सम्राट नोरुहितोको गद्दी आरोहण गरेका छन् । मङ्गलबार इम्पेरियल प्यालेसमा परम्परागत विशेष समारोकाबिच सम्राट नोरुहितोले गद्दी आरोहण गरेका हुन् ।

समारोहमा सम्राट नोरुहितो सेदेन– मात्सु –नो –मा (स्टेट रुम) आएपछि भएको विशेष कार्यक्रममा गद्दी आरोहण परम्परागत रुपमा भएको हो।

तरबार, जवाहरत, राजकीय निशाना छापसहित सम्राट नोरुहितो सिंहासनमा बसेका हुन् । समारोहमा साम्राज्ञी मासाको पनि उपस्थिति थियो ।
सन् १९६० फेब्रुअरी २३ मा जन्मिएका सम्राट नारुहितो गत मे १ मा क्रिसान्थेमम सिंहासनमा आसिन भएपछि रिवा युग सुरु भएको मानिएको छ।

आफ्ना पिता अकिहितोले अप्रिल ३० मा सन् १८१७ देखि जापानी राजतन्त्रको इतिहासमा पहिलो पटक गद्दी परित्याग गरेपछि उनी जापानका १२६ औँ सम्राट बनेका हुन् ।

पूर्वी एसियामा पर्ने जापानमा संवैधानिक राजतन्त्रसहितको संसदीय सरकार छ । प्रशासनिक रुपले ४७ प्रिफेक्चरमा विभाजित जापानमा सम्राट् राष्ट्रिय एकताका प्रतीक र प्रधानमन्त्री सरकारका प्रमुख हुन्छन् ।

तल्लो सदनमा ४८० सदस्य चार वर्षका लागि र माथिल्लो सदनमा २४२ सदस्य ६ वर्षका लागि चुनिन्छन् । जापान अमेरिकापछिको प्रविधिमा शक्तिशाली अर्थतन्त्र र क्रयशक्तिका हिसाबले अमेरिका र चीनपछिको तेस्रो ठूलो अर्थतन्त्र मानिन्छ ।

कात्तिक ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्