दुई महिला अन्तरिक्ष यात्रीले गरे पहिलाे पटक एकैसाथ ‘स्पेस वाक’

एजेन्सी– अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टीना कोच तथा जेसिका मीर पावरले १८ अक्टोबरका दिन एक साथ ‘स्पेस वाक’ गरेर इतिहास रचेका छन्।

क्रिस्टीना तथा जेसिका नेटवर्कको खराब भाग ठीक गर्नका लागि इन्टरनेशनल स्पेस स्टेशनबाट बाहिर निस्किएका थिए।

विज्ञापन

यो पहिलो घटना हो जब स्पेस वाकमा केवल महिला मात्र सहभागी भएका थिए। उनीहरुको साथ कोही पुरुष अन्तरिक्ष यात्री थिएनन्। यो स्पेस वाक पहिले मार्चमा हुने तय थियो।

तर मध्यम आकारको कुनै सूट नभएका कारण यो रद्द भएको थियो। इलेक्ट्रिकल इन्जिनियर कोचले मिशन तथा उनको साथी अन्तरिक्ष यात्री मीरलाई लीड गरेकी थिइन्। मीर मरीन साइन्समा डाक्टरेट हुन्। साथै यो उनको पहिलो स्पेस वाक हो।

यसै सन्दर्भमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोच तथा मीरलाई भनेका छन्, ‘म तपाईँ दुवैलाई बधाई दिन चाहन्छु। तपाईँ दुवै धेरै साहसी तथा बहादुर हुनुहुन्छ। तपाईँहरुले देशको नाम उज्जवल गर्नुभएको छ। हामीलाई तपाईँहरुमाथि गर्व छ। यो जुन काम तपाईँहरुले गर्नुभएको छ त्यो अनौठो छ। यसैगरी हामी पहिले चन्द्रमामा तथा पछि मंगलमा जानेछौँ।’

अमेरिकाले सन् १९८३ मा पहिलो पटक महिला अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाएको थियो। अहिले अन्य कुनै देशको दाँजोमा अमेरिकाको महिला सबैभन्दा धेरै अन्तरिक्षमा गएका छन्।

तर पहिलो महिला अन्तरिक्ष यात्रीले भने सोभियत संघकी भेलेन्टिना तेरेस्कोभा हुन्, जो सन् १९६३ मा अन्तरीक्षमा गएकी थिइन्।

कार्तिक ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्