आप्रवासी कामदार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, काठमाडौँ घोषणापत्र जारी हुने

काठमाडौँ– नेपालमा यसै महिना आप्रवासी कामदार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ। कात्तिक २६ देखि २८ गतेसम्म आयोजना हुने सम्मेलनमा आप्रवासन व्यवस्थापनमा उत्पन्न मुलुक, बाटोमा पर्ने मुलुक र गन्तव्य मुलुकहरुलाई समेटिने राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।

आयोगका अध्यक्ष अनुपराज शर्माले आप्रवासी कामदारहरुको मानव अधिकारको संरक्षण मुख्य एजेन्डा रहेको बताए। आयोगले सम्मेलन सम्बन्धमा कुटनीतिक नियोगका प्रमुख तथा विकास साझेदारहरुका प्रतिनिधिसँग मंगलबार अन्तरक्रिया गरेको छ।

विज्ञापन

शर्माले आप्रवासी कामदारको मानव अधिकारको विषय अन्तरदेशीय भएकाले सम्बन्धित सबैको साथ रहने विश्वास व्यक्त गरे। आयोगका सदस्य सुदिप पाठकले आप्रवासी कामदारहरुको भर्ना प्रकृया, अनियमित आप्रवासन, आप्रवासी कामदारहरुको न्यायमा पहुँचको सुनिश्चितता विषयमा छलफल भई काठमाडौँ घोषणापत्र जारी हुने जानकारी दिए।

मंगलबारको छलफलमा नेपालस्थित जापान, जर्मनी, इजरायल, अमेरिका, भारत , रुस, अस्ट्रेलिया, कतार, बंगलादेश, शृलंका, म्यानमार लगायत देशका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधीहरुसहित युरोपियन युनियन, यूएनडीपि, आईएलओ, आईओएम, जाइकालगायत संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 

कार्तिक ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्