नेपालबाट भारतमा छाेकडा तस्करी, एउटै ट्र्याक्टरमा ७४ क्वीन्टल

वीरगञ्ज– नेपालबाट अवैध रुपमा भारततर्फ तस्करी गर्न लागिएको ७४ क्वीन्टल छोकडासहित एउटा ट्र्याक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले वीरगंजबाट भिष्वा बन्जारी हुँदै अवैध रुपमा भारततर्फ निकासी हुन लागेको ७४ क्विन्टल छोकडा ना ३ त ५७३९ नम्बरको ट्र्याक्टरमा लोड गरिएको अवस्थामा नियन्त्रणममा लिएको हो।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीकाे संयुक्त  टोलीले वीरगञ्ज महानगरपालिका २१ ड्राईपोर्टबाट उक्त परिमाणको छोकडासहित ट्र्याक्टर नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको छोकडासहितको ट्र्याक्टरलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

कार्तिक ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्