जनकपुरमा गोली चल्यो, एकजनाको मृत्यु

जनकपुरधाम – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियामा गोली चल्दा एकजनाको ज्यान गएको छ । बुधबार बिहान पंकज चौधरी नाम गरेका व्यक्तिले गोली चलाएका हुन् ।

उनले प्रहार गरेको गोली लागेर मनोज साह नाम गरेका व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक साहको शव अहिले जनकपुर अस्पतालमा राखिएका छ ।

विज्ञापन

गोली प्रहार गर्ने पंकज पक्राउ परिसकेको प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन्।

कार्तिक ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू