साझा पार्टीले कास्की २ मा रजनी केसीलाई उम्मेदवार बनाउने

काठमाडौँ – साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मंगलबार र बुधबार पोखरामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता डाक्टर सूर्यराज आचार्यले जानकारी दिए ।

केसी लामो समयदेखि सामाजिक अभियन्ता रहेको पार्टीले जनाएको छ ।

कात्तिक ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्