नेपाल र भारतबीच खुला सीमाना किन चाहियो?

लामो अन्तरालपछि चिनियाँ राष्ट्रपतिको भ्रमणले नेकपाको सरकारलगायत जनतालाई पनि निकै राहत मिलेको छ। गरीब देशको स्वभाव सधैँभरि अरुको आसमा बाँच्ने भएकाले चिनियाँ राष्ट्रपतिबाट नेपाल सरकारको चाहनाअनुसार धेरै कुुरामा सम्झौता भएको छ। प्रमुख कुरा सरकारको कार्यान्वयनमा छ। यसमा धेरै जनताको कम बिश्वास छ। तैपनि जनताको आसभन्दा अरु गर्न सक्ने ठाउँ छैन। जनता बारम्बार बिद्रोहमा होमिन पनि चाहँदैनन्।

जनताका दैनिकीमा खासै फरक नआएपनि सरकारका ठूला आयोजनाहरु केही आसालाग्दा छन् जस्ले जनतालाई केही भरोसा प्रदान गर्छ। तैपनि जनता महंगी, शहरको अस्तब्यस्तता, कृषकको चाहनाअनुसार खेतिबारीमा पानी, मल, बिउको अभाव तथा प्राविधिकको सहयोगमा सरकार अझै पनि चुकिरहेको छ।

विज्ञापन

यी सबैको बाबजुद अहिले देशमा केहि बरिष्ठ नेताहरु हत्या, करणीमा संलग्नाताको खबरले समाचार माध्यमहरु भरिएका पाइन्छन्। सरकार इमान्दारपूर्बक देशका यी प्रखर मुद्दाहरुलाई सही तरिकाबाट किनारा लगाउन सफल भएमा यसले पनि सरकारप्रति जनताको विश्वास केही बढ्नेछ। करणीमा संलग्न सभामुख महरा अहिले प्रहरी कस्टडीमा छन् भने अर्का रौतहट हत्याकाण्डका प्रमुुख नाइके भनिएका महम्मद अफताव आलम पनि प्रहरी कष्टडीमा छन्। संबिधानसभाको निर्बाचनको समयमा भारतबाट बम बनाउने मानिस र एक्सप्लोसिभ ल्याई बम बनाउने कार्यमा दुुर्घटना भई केहि मानिस मरेका र बाँचेकालाई पनि बेहोस बनाइ इँटाभट्टामा जिउँदै हालिएको भनिएको छ। यस्तो डरलाग्दो हत्याकाण्ड १२ बर्षसम्म लुकाएर अहिले फेरि बल्झ्याइएको छ।

यस्को सही समाधान होस्। सोही समयको केही आसपासमा सर्लाहीमा मधेश आन्दोलनको सुरुवातमा माओबादी समर्थक भनिएका केही पहाडी मुलका मानिसहरुको नृसंश हत्या गरिएको थियो। यस्को खासै छानबिन भएको पाइँदैन। अहिले त्यो घटनाको पनि चर्चा चल्दैछ। यस घटनामा पनि भारतीय गाडी र मानिसहरु समेत प्रयोग भएको सुनिएको थियो। माओबादी द्वन्द्वको अन्तिम समयतिर भएको यो घट्ना त्यसै सामसुम पारिएको थियो। यसभन्दा अघि निर्बाचनको समयमा भारतीय गुण्डा र हतियार बिभिन्न तराईका जिल्लामा प्रयोग हुँदै आएका सुनिन्थ्यो। जस्को उद्देश्य बुथ क्याप्चर गरेर निर्बाचन जित्नु हुन्थ्यो। निर्बाचन जितेपछि सभासद तथा मन्त्री बनेर रकम असुली गर्ने प्रचलन अहिलेको ब्यबस्था भइन्जेल नियन्त्रण गर्न निकै कठिन हुुनेछ।

खुला सिमाना नियन्त्रण र प्रत्यक्ष निर्बाचनबाट सरकार प्रमुख चुन्ने बिषय अहिलेको ज्वलन्त बिषय हो।

जबसम्म प्रत्यक्ष सरकार प्रमुख चुुनिएर सभासद बाहेकका ब्यक्तिबाट योग्यताका आधारमा मन्त्रीको छनौट गरिँदैन तबसम्म चुनाब जित्न यस्ता हत्याकाण्ड भविष्यमा पनि नहुने भन्ने छैन। खासगरी प्रहरी प्रशासन पनि सत्तासीन सरकारकै आदेशअनुसार चल्ने हुुनाले अहिलेसम्म प्रहरी निष्पक्ष भएर कार्यान्वयनमा आउन नसकेको यो रौतहटको हत्याकाण्डमा पनि देखिन्छ। अफतावलाई सहयोग गर्ने तात्कालीन प्रहरी प्रमुुख, वकिलहरु पनि पीडितलाई सघाउनेभन्दा आहत दिनेपटि नै लागेका पाइन्छ। यस बिषयमा राजनीतिक बहस अब शुरु हुुनैपर्छ। हुुन त प्रत्यक्ष निर्बाचित सरकारका आफ्रनै फाइदा/बेफाइदा होलान्। निर्बाचनमा सबै हथकण्डा अपनाएर सभासद भएर मन्त्री बन्ने र त्यसपछि प्रसासन प्रहरीको दुुरुपयोग गर्ने पैसा कमाउने प्रबृति हामीले छिमेकी देश भारतबाट सिकिसकेका छौं। त्यसैले तराईमा भएको खुला सिमाना पनि अर्को समस्या हो। जहाँका गुण्डा, हत्यारा दुबै देशका नेताले प्रयोग गरिरहेका हुुन्छन्।

सरकारले गर्नुपर्ने अर्को प्रमुख कार्य भनेको खुुला सिमाना नियन्त्रण गर्नैपर्छ। भारतलाई यसको महत्व बुझाएर दुबै देशका जनतालाई सुरक्षित पार्न र अबैध हतियार बम बारुदको ओसारपसार रोक्न पनि नेपााल भारतको खुला सीमाना नियन्त्रण गर्न अब धेरै ढिला भइसकेको छ। दुबैदेशका दिग्गज बिज्ञहरुको संयुक्त प्रयासबाट तयार गरिएको इपिजीको सुझाब भारतीय प्रधानमन्त्रीले अहिलेसम्म नहेरेको कुुरा बाहिर आइरहेको छ। तर हाम्रो देशको प्रधानमन्त्रीले पहल लिएर भएपनि यसकार्यलाई शिघ्र अघि बढाइयोस्। यस्ले दुबै देशको सुरक्षामा बल मिल्छ। साथै अबैध चोरी निकासी पैठारी पनि नियन्त्रण भएर राजस्व बढ्नेछ। अहिले खुला सिमानाको फाइदा लिने तस्कर अपराधी र केहि कर्मचारी होलान् तर यदि खुला सिमानालाई नियमित मात्र गर्न सकिएमा दुबै देशलाई अत्यधिक लाभ मिल्नेछ।

सरकारदेखि जनता निरास छन्। धेरै ठूला आयोजना अघि बढेपनि जनताका आधारभूत कुराहरुमा सरकारका अंगहरुको कम ध्यान पुगेको छ। तर सरकारले जनताका आबश्यकताको पनि ख्याल गरोस्। समग्र राष्ट्रको हितलाई ख्याल गर्दै दिर्घकालीन उद्देश्य लिएर यो दुई तिहाइको बलियो सरकारले प्रत्यक्ष निर्बाचनबाट सरकार प्रमुख चुन्ने ब्यबस्था ल्याओस् तथा खुुला सीमानालाई ब्यबस्थित गर्ने कार्य गरोस्। यो सरकारको इतिहासमा नाम रहनेछ। नत्र अहिले सामाजिक सञ्जालमा आएजस्ता नयाँनयाँ युवाहरुको सरकार बिरोधी स्वरहरु समाजमा हाबी हुुँदै जानेछ। नेकपाभित्रको आन्तरिक समस्या पार्टी कार्यालयभित्र बसेर मिलाइयोस्, त्यसलाई बाहिर जनतालाई पीडा दिने कार्य नगरुँ। जनता आफैँ पीडामा छन्। सरकारबाट राहत दिने धेरै महत्वपूर्ण कार्यहरु छन्, त्यसतर्फ ध्यान दिइयोस्। त्यसमध्य माथि उल्लेखित खुला सिमाना नियन्त्रण र प्रत्यक्ष निर्बाचनबाट सरकार प्रमुख चुन्ने बिषय अहिलेको ज्वलन्त बिषय हो। नेकपा यसतर्फ बहस गरोस् जुनकुरा पहिला पनि धेरै अघि पुगिसकेको थियो।

कार्तिक ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्