ट्रक दुर्घटनामा एकको मृत्यु

सांकेतिक तस्बिर

बैतडी – महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृतकको पहिचान हुननसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

विज्ञापन

धनगढीबाट दार्चुलातर्फ गइरहेको से १ ख १९२३ नम्बरको ग्यास बोकेको ट्रक सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कार्तिक ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्