विप्लव नेकपाका काभ्रे जिल्ला सक्रेटरी पक्राउ

फाइल तस्बिर

काभ्रे – प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । थोकरलाई बुधबार राति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए ।

विज्ञापन

कार्तिक ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्