वर्ल्डलिंकले भित्र्यायो एक अर्ब ३५ करोडको विदेशी लगानी

काठमाडौं-इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले एक अर्ब ३५ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको छ।बिहीबार राजधानीमा आयोजित पत्रकार सम्‍मेलनको आयोजना गर्दै वर्ल्ड लिंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपमार्फत उक्त लगानी भित्र्याएको हो।

यससँगै वर्ल्डलिंक इन्टरनेट सेवाको क्षेत्रमा विदेशी भित्र्याउने पहिलो कम्पनी बनेको छ। प्राप्त विदेशी लगानीलाई वर्ल्डलिंकले देशका अति विकट गाउँहरूमा उच्चस्तरीय इन्टरनेट पुर्‍याउन सदुपयोग गर्ने जनाएको छ।

विज्ञापन

नेपालभर इन्टरनेट सेवा विस्तार गर्ने वर्ल्डलिंकका महत्वाकांक्षी योजनामा साथ दिने गरी बेलायत सरकारको स्वामित्वमा रहेको सीडीसीले उक्त लगानी गरेको हो। इक्वीटीको रुपमा लगानी गरेको सीडीसीलाई १० प्रतिशत शेयर बिक्री गरिएको छ।

सीडीसीका अनुसार देशका अधिक दुर्गम क्षेत्रहरूका हजारौं घरपरिवार र साना उद्यमीहरूलाई इन्टरनेटमा जोड्न आफ्नो लगानीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

सीडीसीका अनुसार एसियाका अन्य मुलुकको तुलनामा नेपालमा डिजिटल सेवाको पहुँच कम रहेकाले देशका अधिकांश समुदायहरु माझ सर्वसुलभ र गुणस्तरीय इन्टरनेटको पहुँच सुधार गरी नेपालको विकास र आर्थिक बृद्धिमा जोड दिइनेछ।

उसले भनेको ‘ इन्टरनेट पहुँच बाहिर रहेका समुदायलाई गरिबीबाट मुक्त गर्नुका साथै इन्टरनेट सेवामा पहुँच पुर्‍याउने र समृद्धिको बाटोमा लम्किन मद्दत गर्नेछौ।,’ सीडीसीका प्रबन्ध निर्देशक तथा एसिया प्रमुख श्रीनि नागराजनले भने, ‘नेपालभर इन्टरनेटको उपयोगिताले मझौला तथा साना उद्योगहरूलाई विश्व व्यापार र बजारमा पहुँच पुर्‍याउन मद्दत गर्नेछ हामीले प्रतवद्धता लिएका छौ।’

’ सीडीसीको पूँजीले यसलाई छिटो छरितो र विश्वस्तरिय बनाउन, यसलाई अझ टाढाका क्षेत्रहरूमा सेवा पुर्‍याउन मद्दत गर्ने र कर्मचारीको वृद्धि विकासमा समेत मद्दत पुग्ने उनको दाबी छ।

यस्तै वर्ल्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालले सीडीसीका लागि नेपालको पहिलो शेयर लगानीको साझेदार हुन पाएकोमा निकै गौरव अनिभूति भइरहेको र यसलाई तन मन वचनले पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले भने, ‘हाम्रो २४ वर्षको मेहनत तथा नेपालको इन्टरनेट र टेलिकम उद्योगप्रतिको विश्वास पनि हो,’ सीडीसीले हामीप्रति देखाएको हार्दिकताले अब वर्ल्डलिंकको लक्ष विश्वस्तरीय कम्पनीमा रूपान्तरण हुनेमा उनले विश्वास व्‍यक्त गरे।

कार्तिक ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू