गुजरातकाे माटोको दियो वीरगञ्ज बजारमा

वीरगञ्ज – उज्यालोको पर्व भनेर चिनिएको दीपावलीमा माटोको दियो, ढकना, कलश लगायतका सामानको बिक्री बढेको छ । वीरगञ्जमा भारतीय व्यापारीहरु यो व्यापारमा खटिएका छन् ।

दीपावलीका लागि चाहिने माटोको दियो बोकेर भारत बिहार शिवहर जिल्लाका राजु तुरहा अहिले वीरगञ्ज बजार आएका छन् । दीपावलीमा हरेक घरमा उज्यालो बनाई राख्न यो पर्वमा प्राय मानिसहरुले माटोले बनेको दियो नै प्रयोग गर्ने गरेका छन् ।

भारतीय व्यापारी तुरहाले वीरगञ्जको घण्टाघर नजिकै खाली जग्गामा माटोको दियो बेच्दै आएका छन् । उनले भारतको गुजरातबाठ माटोका दियो किनेर यहाँ बेच्न ल्याएको बताए ।

तुरहाले बेच्नका लागि ल्याएको माटोको दियो १० रुपैयाँमा किन्न पाइन्छ । उनले भारतमा आफूले त्यसलाई एक रुपैयाँमा किनेर ल्याएको बताए । हरेक दिन दुई हजार देखि तीनहजारसम्मको बिक्री भइरहेको उनले बताए ।

 

कात्तिक ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्