प्रधानाध्यापकसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

वीरगञ्ज – घुस रकमसहित पक्राउ परेका वीरगञ्ज महानरपालिकाका एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित पाँचजनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

घुससहित पक्राउ परेका वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वा प्रसौनी सामुदायिक विद्यालयका प्रधानाध्यापक सचिन्द्र कापरसहित पाँच जनामाथि अख्तियार दुरुपयोग अनु्सन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रधानाध्यापक कापरसहित, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए ।

करारमा शिक्षक नियुक्ति गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको रु १ लाख रुपैयाँसहित उनीहरु पाँचैजनालाई अख्तियारको कार्यालय हेटौडाबाट खटिएको टोलीले गएको भदौ २७ गते वीरगञ्जको एक चिया पसलबाट पक्राउ गरेको थियो ।

कात्तिक ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्