दिपावली र छठको अवसरमा नगरपालिकाका दलित परिवारलाई नि:शुल्क कपडा वितरण

पर्सा- दिपावली र छठको अवसरमा बिरगञ्‍जमा सञ्चालित कपडा बैंकले बाराको महागढीमाई नगरपालिकामा रहेका दलित परिवारहरुलाई नि:शुल्क कपडा बितरण गरेको छ।

कपडा बैंकले महागढिमाई नगरपालिका वडा नम्बर ८ को बेतौना बेतौना,घमनपुर,बडनिहार,जोलगावा र बह्रम्पुरी गरी ५ वटा टोलमा बसोबास गर्दै आएका मुसहर र दलित परिवारलाई साडी एवं लत्ताकपडा बितरण गरेको हो।

टोलमै पुगेर एक कार्यक्रम गरि दलित परिवारलाई ७ सय १० थान कपडा वितरण गरिएको समाजिक अभियन्ता बिज्रेशवर चौधरीले जानकारी दिए। उक्त वडामा नगरपालिकाले पनि हालसम्म खासै कुनै बिकाशका कार्यहरु नगरेको र दलितहरुको उत्थानको लागि पहल नगरेको कपडा बितरण कार्यक्रममा दलित परिवारहरुले गुनासो गरेका थिए।

टोलका दलित मुसहर परिवारहरुको आर्थिक अवस्था एकदमै कमजोर रहेको तथा उनीहरुले चाडपर्बमा समेत कपडा लगाउन समस्या परिरहेकोले त्यसैलाइ ध्यानमा राख्दै कपडा बितरण गरिएको अर्का अभियन्ता ओमप्रकाश सर्राफले बताए।

उनले शिक्षा,स्वास्थको अभाव,गरिबी,मादक पदार्थ तथा धुम्रपानको अत्यधिक सेवन तथा आय आर्जनमा न्युन पहुँचले दलित समुदायको अवस्था दयनीय रहेको बताए।सर्राफले तीनै तहको सरकारले दलित समुदायको सरोकारलाई सम्बोधन गर्न यथाशिघ्र प्रयासको थाल्नी गर्नुपर्ने माँग समेत गरे।

‘शिक्षा,स्वास्थको अभाव,गरिबी,मादक पदार्थ तथा धूम्रपानको अत्यधिक सेवन तथा आय आर्जनमा न्युन पहुँचले यि समुदायको अवस्था दयनीय छ, ‘सर्राफले भने,तीनै तहको सरकारले यी समुदायको सरोकारलाई सम्बोधन गर्न यथोचित प्रयासको थालिनी गरोस्।

’कपडा बितरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद शारदा शंकर शाह, बाराका प्रहरी उपरीक्षक विकासराज खनाल, विरगञ्‍ज कपडा बैंकका संरक्षक सुरेन्द्र कुमीँ, समाजिक अभियन्ता प्रकाश थारु,कन्हैया पटेल,हरिशंकर सिंह उतिमलाल चौरसिया,मञ्‍जिर अन्सारी लगायतको उपस्थिति रहेको थियो।

कात्तिक ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्