रोनाल्डोलाई आराम, डिबालाको गोलमा युभेन्टसको बराबरी

इटालिन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको युभेन्टस बराबरीमा रोकिएको छ । युभेन्टस अवे मैदानमा भएको खेलमा लिचेसँग १–१ को बराबरीमा रोकिएको हो ।

दोस्रो हाफको सुरुमा पाएको पेनाल्टीमा गोल गर्दै पाउलो डिबालले युभेन्टसलाई अग्रता दिलाए । त्यसको ६ मिनेटपछि लिचेका लागि मार्को म्यानकोसुले बराबरी गोल फर्काए । यो खेलमा रोनाल्डोलाई आराम दिइएको थियो ।

बराबरीपछि युभेन्टसले आफ्नो अग्रता फराकिलो बनाउने मौका गुमायो । दोस्रो स्थानको इन्टर मिलान पार्मासँग २–२ को बराबरीमा रोकियो र शीर्ष स्थानमा उक्लिने मौकामा चुक्यो ।

कात्तिक १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्