अति जिम्मेवार रक्षक

महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने आर्मीका कुकुर

कुकुर जस्तो इमानदार र गुनी जनावर शायदै अरु होलान् । मानिसका नजिकको साथी र सहयोगीका रुपमा पनि कुकुरले आफ्नो परिचय स्थापित गरेको छ । पौराणिककालदेखि नै कुकुरको भूमिका अकाट्य र महत्वपूर्ण छ । कुकुरलाई विश्वास गरिन्छ र कुकुरले भरोसा तोड्दैन पनि ।

यहि भएर होला कुकुरलाई पूजा पनि गरिन्छ । तिहारका बेला कुकुरलाई विशेष रुपमा पूजिन्छ । कुकुर तिहार उनीहरुका लागि हिन्दु परम्परामा छुट्याइएको विशेष दिन । यस दिन यमराजको द्वारपालका रुपमा लिइने कुकुरको श्रद्धाका साथ पूजा हुन्छ ।

विज्ञापन

अधिकांश घरमा कुकुर हुन्छन् र नभए टोलमा त पक्कै । कुकुरलाई घर–टोलको रक्षकका रुपमा पनि लिइन्छ ।

उनीहरु रक्षक मात्रै होइनन् अनुसन्धानकर्ता र उद्धारकर्मी पनि हुन् । सुरक्षा निकायमा कुकुरको छुट्टै युनिट नै हुन्छ । प्रहरी तथा सेनामा कुकुरको दरबन्दी छ । नेपाली सेनामा पनि कुकुरहरु छन् र उनीहरुको भूमिका पनि छ ।

सेनाका कुकुरहरुको दैनिक कुकुर तिहारका दिन केही विशेष हुने गर्छ । उनीहरु नियमित कार्यसँगै यो दिन विशेष पूजा गरिन्छ । हामीले कुकुर तिहारको मेसो पारेर यसपटक सेनाका कुकुरहरु बारे जान्ने प्रयास गरेका छौँ । यसका लागि हामी नेपाली सेनाको भैरव वहान गुल्म गएका थियौँ । यो गुल्ममा ९३ कुकुर छन् ।

यहाँ जर्मन सेफर्ड, ल्याबेटर, ककइस्पाइनर, गोल्डेनडिटिपर,बेल्जियमसेफर गरेर पाँच जातका कुकुर छन् । यी कुकुरलाई ६ प्रकारको तालिम दिइने नेपाली सेनाले जनाएको छ । बेसिक वाबिनेस तालिम सबैलाई दिइन्छ । त्यसपछि कुकुरको क्षमता हेरेर अरु तालिम दिइने गरेको भैरव वान गुल्मका सह–सेनानी मनोज राउतले जानकारी दिए ।

यहाँ हरेक कुकुरको ह्याण्डलर छन् । उनीहरुले आफ्ना कुकुरको हरेक चिजको ख्याल राख्छन् । भैरव वहान गुल्ममा हरेक दिन कुकुरले आफ्नो दैनिकी गर्ने गर्दछन् अर्थात दौडदेखि टे्रनिङ्ग गर्दछन् ।

खानापछि केहि समय उनीहरुले आराम पनि गर्ने गर्दछन् । यहाँका कुकुरको नियमित स्वास्थ्य जाँच पनि हुन्छ । नारायणहिटीबाट उनीहरुको जाँचका लागि भेटेरेनरी डाक्टर आउँछन् हरेक बुधबार । प्राविधिक उप–सेनानी डा. ईश्वर ढकालका अनुसार कुकुरहरुलाई हरेक दिन स्वास्थ्य चेक जाँच गर्ने गरेको बताए ।

जन्मेको ६ महिनापछि कुकुरलाई सैन्य तालिम दिइन्छ । यसरी तालिम दिइएका कुकुबाट सामान्यतया ७–८ वर्ष काम लिने गरिन्छ । कुनै कुनै कुकुर ११–१२ वर्षसम्म पनि सक्रिय रहन्छन् ।

सह–सेनानी राउतले भने, ‘काम लिन नसक्ने अवस्था वा बृद्ध भएपछि कुकुरले पाउने सेवा सुविधा दिएर हामीले यहि राख्छाैँ ।’ कुकुर र उसका ह्याण्डलरले देखाएको कामको आधारमा हामीले पुस्कृत गर्ने गरेको पनि उनले बताए ।

२०५५ साल मसिर २० गते यस गुल्मको स्थपना भएको थियो । त्यसअघि यस गुल्मको विभिन्न नाम रहेको थियो । यहाँ रहेका कुकुरहरुले अति विशिष्ट व्यतिहरुको सवारीको बेला, बिस्फोटक पर्दाथ लुकाएर राखेको पता लाउन, लुकेका अपराधी पत्ता लगाउन, र अन्य विभिन सुरक्षाका लागि यहाँका कुकुरहरलाई तालिम दिने गरिन्छ ।

यस्तै यहाँका कुकुले राष्ट्रिय निकुन्जमा हुने चोरी सिकारी नियन्त्रणका लागि पनि काम गर्ने गरेका छन् । यहाँका दुई वटा कुकुरलाई जोमसोममा पनि खटाइएको छ ।