सिमकोट – हुम्लाका गाउँ बस्तीमा गएर बाख्राको बिमा गर्न थालिएको छ । स्थानीयले आफ्नो बिमा गर्नै आनाकानी गरिरहेको अवस्थामा उनीहरुले पशु बिमाको महत्व भने बुझ्न थालेका छन् ।

स्थानीय बाख्रा पालक किसानहरुले बिमा कम्पनीलाई गाउँ बस्तीमा बोलाएर बिमा गर्न थालेका हुन् । बिमा गरेपछि फाईदा हुने कुरा बुझेपछि गाउँमा बाख्रा तथा अरु पशुबस्तुहरुको बिमा गर्न सुरु गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ गोर्ख रोकायाले बताए ।

एक दिनमा एक सय पाँच वटा बाख्रा तथा बोकाहरुको बिमा गरिएको शिखर इन्सोरेन्स कम्पनी हुम्लाले जनाएको छ ।

कात्तिक १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्