त्रिमूर्ति निकेतनमा महाकवि देवकोटाको स्मृतिमा काव्‍यसभा

काठमाडौं-काठमाडौंको संचारग्रामस्थित त्रिमूर्ति निकेतनमा काब्य सभा आयोजना गरिएको छ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको १११ औं जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंको संचारग्रामस्थित महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र नाट्य सम्राट बालकृष्ण समको शालिक अगाडि उभिएर साहित्यकारहरुले आ-आफ्ना साहित्यिक रचना बाचन गरेका हुन।

विज्ञापन

त्रिमूर्ति निकेतनले हरेक वर्ष महाकवि देवकोटाको जन्मजयन्तिको अवसर पारेर तिहार सो काब्य सभा आयोजना गर्दै आएको छ।काव्‍य सभामा महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वमाथि प्रकाश हुने खालका रचनाहरु बाचन गरिएका थिए।

साहित्यकारहरुले नेपाली साहित्य आकाशका तीन नक्षेत्र महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र नाट्य सम्राट समको स्मृतिमा तीनै जनाको शालिक २०६१ साल ११ गते स्थापना गरेका थिए।

कार्तिक ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्