स्वयम्‌भित्रको ‘स्वचेतना’लाई चिन्‍न ‘म्हः पूजा’

म्ह: अर्थात स्वयंलाई पूजा गर्ने दिन। वर्षमा एकपल्ट आफूले आफैलाई भगवान सरह पूजा गर्ने दिन म्हः पूजा हो। यो पूजाको अर्थ मानिस भित्रको देवतालाई सन्तुष्ट गर्नु हो।

आत्मपूजा गर्‍यो भने मात्र हामीले बाहिरको मूर्तिलाई पूजा गरेको सार्थक हुन्छ। संस्कृतिविद् धौभडेलका अनुसार यसलाई भौतिकवादी दृष्ट्रिकोणले हेरिन्छ। हरेक वर्ष कात्तिक शुक्ल प्रतिप्रदाको दिन नेवार समुदायमा ‘म्हः पूजा’ गर्ने चलन छ।

यो पूजाले मन खुसी पार्नुपर्ने कुरामा जोड दिन्छ, ‘रहर र औपचारिकता’ ले सिद्ध गरिएका कार्यको प्रतिफलबिचको तुलना गर्नु यो पूजको सार हो। यदि आफ्नो मन खुसी छैन भने जति धर्म, तीर्थ ब्रत गरेपनि त्यसको औचित्य छैन। त्यसैले कुनै पनि धार्मिक कार्यक्रम सुरु हुनु पहिलो आफूलाई पूजा गर्ने चलन छ।

संस्कृतिविद् ओम धौभडेल ‘आफूले आफैलाई पूजा गर्ने चलन’ मानवजातिमा विश्वमा नै नेवार समुदायमा मात्र हुन सक्ने अनुमान लगाउछन्।

यसमा घरको जेठो व्यक्तिदेखि लिएर घरको सबैभन्दा कनिष्ठ व्यक्ति लाइनबद्ध बसेर आफूलाई पूजा गर्छन्।

कसरी गरिन्छ ?


– पहिला माटोले लिपेको ठाउँमा आफू बस्छन्। पानीको घेरा लगाउछन्, त्यसमाथि लाभा अबिर छरेर मण्डल बनाइन्छ। अनि त्यो मण्डलमा बसेर आफै जत्तिकै लामो बत्ति बाली अण्डा सगुन, दहि सगुन राखेर घरको नकिम (सबैभन्दा जेठी महिला) ले ती सबैलाई सगुन दिन्छिन्।

म्हः पूजा गर्नलाई बिमिरो, ओखर, भोगटेजस्ता फलहरुको आवश्यकता हुन्छ, त्यहाँ सयपत्रीको मालापनि लगाएर पूजा गर्ने चलन छ। यस्तै माछा, बारा, अदुवा अनि रक्सी अनिवार्य हुन्छ। आफूजस्तै लामो बत्ति बलुन्जेल विभिन्न पूजा सामग्रीले आफूलाई पूज्ने गरीन्छ। पूजा सकिएपछि परिवारका सबै सदस्य साथ बसेर भोज खाने चलन छ।

यहाँ बालिने बत्तिले पनि मानिसको आयु निर्धारण गर्ने मानिन्छ। त्यसैले म्हः पूजा गर्दा लामो समयसम्म बत्ति बालिरहने कोशिष पनि गरिन्छ।

कहिलेबाट सुरु भयो ?


यो धेरै वर्ष पुरानो परम्परा हो। म्हः पूजा आवश्यक छ भनेर विभिन्न धर्मशास्त्रले पनि परिभाषित गरेको छ। तीनिहरुलाई आधार बनाएर हेर्दा यसको इतिहास १००० वर्ष भन्दा पनि पूरानो हो भन्ने तथ्य रहेको सँस्कृतिविद् ओम धौभडेलले बताए।

यो पूजा र ‘सगुन’ को विशेष सम्बन्ध छ, नेवार समुदायमा कुनै ठूलो दुर्घटनाबाट जोगिएपछि सगुन लिने परम्परा छ। म्हः पूजा पनि सुगन लिने परम्परा हो। लिच्छविकालमा राजा जयदेव द्वितीयको पालामा नेपाल मण्डलमा ठूलो आगलागी भएको थियो। कारण दिपावली भएको अनुमान छ।

पहिला कोजाग्रत पूर्णिमादेखि आकाशदीप गरेर दिपावलि गर्दा आगलागी भएको हुन सक्छ। त्यसमा ठूलो जनधनको क्षति भयो। त्यही क्षतिबाट बच्न सफल भएकाहरुले बाँचेको खुसीयालीमा म्हः पूजा गरेका हुन्। विसं ७९० सालमा राजा जयदेव द्वितीयको शासन थियो।

व्यवहारिक जीवनमा जहिले पनि ‘राम्रो – म’ नभन्नु, आफूलाई कहिले केन्द्रमा नराख्नु भन्छन्। तर म्हः पूजाले भने आफूले आफूलाई धन्य मान भन्छ। आफू यो संसारमा किन छौँ भन्ने ज्ञान अनुभूत गर्नको लागि म्हः पूजा गर्छन्। जसरी म ले भन्ने घमण्ड, फूर्ति, धन दौलतलाई चिनाउँछ, तर यो म्हले मुटुभित्र भएको चेतना र मनलाई जनाउँछ।

यो सबै संसारको मालिक म हो, मैले देखाउनको लागि अरु भगवानको मूर्ति पुज्न जानु हुँदैन। आफूलाई तृप्त बनाउनुपर्छ भन्ने हो। यो कुरालाई महाकवी लक्ष्मीप्रसाद देवकोटाको कविता ‘यात्री’ यी हरफले प्रस्टाउछ।

मनको सुन्दर सिंहासनमा, जगदिश्वरको राज
चेतनाको यो ज्योति हिरण्यमय, उसको शिरको ताज
शरिरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ।

भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिड्छौ कुन पुररु
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दुररु

खोजी गर्छौ हृदय लगाऊ, बत्ति बाली तेज प्रचुर ?
साथी यात्री बीच सडकमा, ईश्वर हिड्छ साथ
कुन मन्दिरमा जान्छौँ यात्री