पहाडी भेगमा वर्षाको सम्भावना, अरु ठाउँको मौसम कस्तो?

काठमाडौँ – देशभर आज (मंगलबार)को मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको मौसमविदले बताएका छन् । देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

विज्ञापन

अरब सागरको उत्तरपूर्वि भागमा “क्यार” नामाकरण गरिएको चक्रवात अवस्थित छ र यो उत्तर–पश्चिमी दिशा तर्फ (ओमन तर्फ) बढिरहेको तर यस प्रणालीको खासै ठूलो प्रभाव नेपालमा नपरेको मौसमविदले बताएका छन् ।

यसका साथै बंगलादेश तथा भारतको पश्चिम बंगाल आसपासका क्षेत्रमा न्यून चापीय प्रणाली रहेको महाशाखाले जनाएको छ ।

कार्तिक १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू