सोलुखुम्बुमा एक बेलायती पर्यटकको मृत्यु

विराटनगर – सोलुखुम्बु भ्रमणमा गएका एक बेलायती नागरिकको मृत्यु भएको छ। सोलुको लोबुचे खुम्जुंगस्थित दि हिमालयन चेन रिसोर्टमा बास बसेका ५४ वर्षीय केलिनु जोसेफ क्रिस्टोफरको मृत्यु भएको प्रदेश एक प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

कात्तिक ७ गते बेलायतबाट नेपाल भ्रमणमा आएका केलिनु हिमालयन चेन रिसोर्टमा बास बसेका थिए। सोही क्रममा रिसोर्टमा सुतिरहेको अवस्थामा उनको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ।

उनको मृत्युको खबरसँगै ईलाका प्रहरी कार्यालय नाम्चेबाट टोलीले अनुसन्धान गर्दै शव पोष्टमार्टमका लागि काठमाडौँ पठाएको प्रदेश एक प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइरालाले जानकारी दिए।

कात्तिक १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्