मोरङमा छठ पर्वको चहलपहल सुरु

मोरङ-दशै तथा तिहारको समापनसंगै मोरङमा छठ पर्वको चहलपहल सुरु भएको छ ।

जिल्लाका नगरक्षेत्रको बजार तथा साप्ताहिक हाटमा माटोका भाँडा, बाँसको कप्टेरा र चोयाले बनाइएको सामान, नरिवल, कुन्या, सुप, ढाकी, भोगटे, ज्यामिर तथा केराका घरी विक्रीका लागि राखिएको छ।

विज्ञापन

छठ पर्वमा दियो, दही जमाउने भाँडा, कलश, ढकना र तौलासहितका भाँडा माटोकै प्रयोग गर्ने परम्परा छ। त्यसैगरी बाँसको कप्टेरा र चोयाले बनेका नयाँ छिटी, नाङ्लो, चाल्नो, पंखासहितका सामग्री प्रगोग गरिने विधि छ। छठमा व्रतालु र भाकल गर्नेले केराका घरी चढाउने परम्परा छ।

मुख्य विधि बिहीबारदेखि सुरू हुने विराटनगर महानगर कोशी प्रोजेक्टका बीरेन्द्रप्रसाद भगत बताउँछन्। छठमा मुख्यगरि, आवश्यक पर्ने कुन्याको हाल बजारमा विक्री वितरण न्यूनतम ७० रुपैयाबाट सुरु भएको उनले बताए।

त्यसैगरी ठूलो ढाकीलाई बजारमा २ सय रुपैयासम्म पर्ने गरेको छ। उनका अनुसार विगत भन्दा यसपटक बजारमा सरसमान खरिदमा महंगाई बढेको छ।

मुख्य विधिअन्तर्गत पहिलोदिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ।

विराटनगर बजारमा सरसमान खरिद गरिरहेका सप्तरी कन्चरपुरका निवासी शिवशंकर परिहस्तले दोस्रो दिन शुक्रबार खरना, तेस्रो दिन शनिबार अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने प्रचलन रहेको बताए।

विराटनगरमा मुख्यतः पूर्वतर्फ महानगर र कटहरी गाँउपालिकाको सीमा सिंघिया खोला, महानगर र सुनसरीको सीमा केशलिया खोला, महानगरभित्र भएर बग्ने नहर तथा विभिन्न पोखरीमा छठ पर्व भब्य रुपमा मनाइने गरिन्छ।

कार्तिक १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्