सांकेतिक तस्बिर

बर्दिया-श्रीमान्‌को हत्याको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दिया जिल्ला बाँसगढी नगरपालिका–६ बस्ने ५० वर्षीया दिलमाया दरै रहेकी छिन्।

दिलमायाले ५२ वर्षीय समला दरैको हत्या गरी भागेकी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले जानकारी प्राप्त गर्नासाथ दिलमायाको खोजतलासमा खटिएको प्रहरीले बाँके जिल्लाको खजुरा गाउँपालिका–७ गुनाना भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो।

दरैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियामा ल्याई कर्तव्य ज्यान शीर्षकमा अनुसन्धान गरिरहेको बर्दिया जिल्ला प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

कात्तिक १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्