सुनसरीको धरानमा एक महिलाको कुटपिट गरी हत्या

सांकेतिक तस्बिर

धरान – सुनसरीको धरानमा बुधबार राति एकजनाको हत्या भएको छ । धरान–१५ खोरियाबस्तीमा पारिवारिक झगडाका क्रममा २३ वर्षीया जिना राईको हत्या भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

बुधबार राति करिब पौने ९ बजे पारिवारिक झगडापछि घरबाट निस्केर बाहिर जाने क्रममा श्रीमान अर्जुन राईले ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। ३१ वर्षीय राईले जिनालाई पछ्याउँदै गएर ढुंगाले टाउकोमा प्रहार गरेका थिए।

विज्ञापन

सो क्रममा जिनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ। घटना लगत्तै फरार बनेका अर्जुनलाई राति नै करिब ११ बजे प्रहरीले नियन्त्रणमा लिएर कारवाही अघि बढाएको छ।

कार्तिक १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू