बञ्चरो प्रहार गरी छिमेकीको हत्या गर्ने युवक पक्राउ

सांकेतिक तस्बिर

कैलालीको टीकापुरमा बञ्चरो प्रहार गरी छिमेकीको हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ११ गते लक्ष्मी पूजाका दिन टीकापुर नगरपालिका वडा नम्बर ५ मनिकापुरमा बञ्चरो प्रहार गरी छिमेकीको हत्या गर्ने ३२ वर्षीय मोतिराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले छिमेकी २८ वर्षीय खुसीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी फरार भएका बताए । उनलाई बिहिवार धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको प्रबक्ता बस्नेतले बताए । चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

विज्ञापन

कार्तिक १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्