तिहारभरि प्रदेश १ मा २९ जनाको मृत्यु

विराटनगर- तिहार अवधिभर विभिन्न कारणले प्रदेश एकमा २९ जनाको मृत्यु भएको छ। प्रदेश एक प्रहरी कार्यालय विराटनगरका अनुसार तिहारको अवधिमा ४१ वटा सवारीसाधन दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइरालाका अनुसार यस क्रममा ५३ जना मानिस घाइते भएका छन् ।

उनले भने, मादकपदार्थ सेवन, लापार्वाही, तीव्र गति, सडकको दुरावस्था, यात्रुमा चेतनाको कमी लगायतका कारण दुर्घटना भएको छ। जसमा प्रदेश एकमा ७ वटा यात्रुवहाक बस, २६ वटा मोटरसाइकल, ३ वटा ट्याम्पो लगायत अन्य सवारीसाधन दुर्घटना भएको छ।

विज्ञापन

त्यसैगरि, तिहारकै अवधीमा प्रदेश एकमा १४ जनाले आत्महत्या गरेको प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरि विभिन्न स्थानमा ४ जनाको लडेर, आगलागीमा २ जना, मादकपदार्थ सेवन गरि १ जना, आपसी झैं झगडामा परि १ जना र नालामा लडेर १ जनाको मृत्यु भएको छ। यस्तै नदीले बगाउदा १ जना बेपत्ता अवस्थामा रहेको बताइएको छ।

कार्तिक १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्