मौसमविद भन्छन्, ‘क्यार’ चक्रवातको प्रभाव नेपालमा पर्दैन

काठमाडौँ – देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार आज रातिको मौसम पनि सफा रहने देखिन्छ । अरब सागरको पश्चिमी भागमा “क्यार” नामाकरण गरिएको चक्रवात अवस्थित छ र यो बिस्तारै कमजोर हुँदै पश्चिमी–दक्षिण पश्चिमी दिशातर्फ बढिरहेको छ ।

विज्ञापन

यस प्रणालीको खासै प्रभाव नेपालमा पर्ने नदेखिएको मौसमविदले उल्लेख गरेका छन् । साथै बंगलादेश तथा आसपासका क्षेत्रमा एउटा निम्न चापीय प्रणाली रहेको छ।

अर्को निम्न चापीय प्रणाली अरब सागरको दक्षिणपूर्वी भागमा विकसित भैरहेको छ र यो प्रणाली पनि उत्तर–पश्चिमी दिशातर्फ बढिरहेको देखिएको मौसमविदले बताएका छन् ।

कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू