हसियाले लिङ्ग काटेर तीनजनाको हत्या, रक्सी थप्ने विषयमा भएको थियो विवाद

बैतडी – भारतको पिथौरागढमा तीन नेपाली मजदूरको लिङ्ग काटेर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली मजदूर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राख्न जिल्ला न्यायालय पिथौरागढले अनुमति दिएको छ ।

जिल्ला न्यायालय पिथौरागढबाट १४ दिन हिरासतमा राख्ने आदेश पाएपछि बोहरामाथि थप अनुसन्धान शुरु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आरोपित बोहरामाथि थप अनुसन्धान गर्न प्रहरीले न्यायालयबाट थप म्याद मागेकाले म्याद थपिएको बताइएको छ । न्यायालयले १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

कात्तिक ८ गते पिथौरागढको मडधुरामा पुुर्चौंडी–५ दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ बीरा बोहरा र पुर्चौंडी–४ भटना तडीखेतका काशी बोहराको हत्या भएको थियो ।

घटना भएलगत्तै हत्याराको खोजीमा रहेको भारतीय प्रहरीले कात्तिक ११ गते भारतकै मन्सुयारीबाट धनबहादुर बोहरालाई नियन्त्रणामा लिएको हो ।

पुर्चौंडी नगरपालिका–५ घर भएका बोहराले तीन नेपाली मजदूरको हत्या आफूले गरेको भारतीय प्रहरी समक्ष स्वीकार गरेका छन् । पक्राउ परेका बोहरा भारतमै मजदूरी गर्दै आएका थिए ।

बोहराले प्रहरीसमक्ष कात्तिक ८ गते चारै जनाले रक्सी खाएको र पछि रक्सी थप पिउने विषयमा विवाद हुँदा ढुङ्गाले तीनैजनाको टाउकोमा हिर्काएको र त्यसपछि आफैँले उनीहरुको हसियाले लिङ्ग काटेको बयान दिएका छन् ।

कात्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्