लक्ष्मीपूजाका दिन जंगल लगेर युवतीमाथि बलात्कार

सांकेतिक तस्बिर

विराटनगर – आइतबार लक्ष्मी पूजाको दिन सुनसरीको तरहरा जंगलमा युवतीमाथि बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। घटना भएको दुइदिनपछि भाइटीकामा इटहरी ८ गैसारका २१ वर्षीय विजय राईलाई बलात्कारको आरोपमा ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय ईटहरीका सूचना अधिकृत प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठका अनुसार पीडित युवतीलाई परिवारको ज्यानको धम्की दिँदै पीडक राईले जबरजस्ती करणी गरेका थिए।

सो क्रममा पीडक राईले युवतीलाई मोटरसाईकलमै राखेर बिहान करिब साढे ९ बजे जंगल लगेका थिए। घटनापछि युवतीले प्रहरी कार्यालयमा घटना र पीडकलाई पक्राउ गर्न जाहेरी दिएकी थिइन्।

प्रहरीले राईको साथबाट घटनामा प्रयोग भएको को.३८.प ८५४ नम्बर मोटरसाइकल समेत बरामद गरेको छ।

हाल राईलाई जिल्ला अदालत सुनसरीबाट करणी सम्बन्धी कसुरमा पक्राउ स्वीकृतसहित पाँचदिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।

कात्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्