पूर्व क्रिकेटरप्रति अनुष्का शर्मा किन आक्रोशित?

बलिउड अभिनेत्री तथा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीकी पत्नी अनुष्का शर्माले पूर्व भारतीय क्रिकेटर फारुख इन्जीनियरको एक भनाई प्रति कडा आपत्ति जनाएकी छन् ।

फारुखले भनेका थिए कि वर्ल्ड कप २०१९ को क्रममा क्रिकेट टीमका चयनकर्ताहरुलाई अनुष्काले प्रभावमा पारेकी थिइन्। अनुष्काले ट्विटर र इन्स्टाग्राममा एक पोस्ट शेयर गरेकी छन् जसमा उनले यो विवादित विषयमा कडा प्रतिक्रिया जनाएकी छन् ।

विज्ञापन

के लेखेकी छन् अनुष्काले ?

‘मनगढन्ते र फेक न्युजमा सवालमा मेरो सधैँ यहि सुझाव छ कि हामी चुप बसौँ र आलोचकलाई बोल्न दिऔँ । यही विचारसँग विश्वास राखेर मैले आफ्नो करियरको ११ वर्ष पुरा गरेकी छु । मैले सधैँ आफ्नो आत्मसम्मान र सत्यलाई बलियो रुपमा उभ्याएकी छु ।

तर एक भनाई छ कि पटक–पटक एक झुटलाई दोहोर्‍याइयो भने सत्य लाग्न सक्छ । मसँग पनि यस्तै भयो । म चुपचाप सहेर बस्ने भएकै कारण मेरा विरुद्धका अफवाहहरु मानिसहरुलाई सत्य लागिरहेको छ । तर आज यसको अन्त्य हुनेछ । म त्यसबेला पनि चुप रहेकी थिएँ जब मलाई भनियो मेरो कारणले विराट कोहलीको प्रदर्शन खराब भयो ।

म त्यो वाहियात आरोपबारे पनि चुप बसे जब भनियो कि म भारतीय क्रिकेटसँग जोडिएकाे विषयमा सहभागी छु । मेरो नाम त्यो मनगढन्ते कुरामा पनि जोडियो जहाँ भनिएको छ कि म बन्द कोठामा हुने क्रिकेट टीमको बैठकमा सहभागी हुन्छु र टीमको छनौट प्रक्रियालाई प्रभावित गर्छु । म त्यहाँ पनि चुप रहेँ ।

मेरो नाम गलत ढंगले त्यो दाबीमा पनि प्रयोग गरिएको जसका अनुसार इण्डियन टीमको विदेश यात्रामा मैले आफ्ना श्रीमानलाई आवश्यकता भन्दा धेरै समय रोकेँ । मानिसहरु भनिरहे म चुपचाप बसिरहेँ ।

जब मलाई एक हाई कमिश्नरकी पत्नीले ग्रुप तस्बिरमा सहभागी हुन आग्रह गरिन् मैले बडो संकोचका साथ उक्त आग्रह स्वीकार गरे । मानिसहरुले यसमा पनि बबाल मच्याए । मलाई जबरजस्ती उक्त इभेन्टमा सहभागी भएको आरोप लगाइयो जबकि मलाई त्यहाँ आमन्त्रित गरिएको थियो । तर पनि मैले क्रिकेट बोर्डलाई यसबारे स्पष्टीकरण दिनु पर्यो म चुप बसेँ ।

यी तमाम घटनाहरुसँगै एक नयाँ झुट फैलाउन थालिएको छ कि वर्ल्ड कप यात्रामा क्रममा क्रिकेट टीमका चयनकर्ताले मसँग छलफल गरेका थिए । यदि तपाईलाई चयनकर्ता र उनकी योग्यता माथि कुनै टिप्पणी गर्नु छ भने मेरो भन्नु केही छैन तर आफ्नो झुटो दाबीमा बल पैदा गर्न र सनसनी पैदा गर्न मेरो नामको प्रयोग नगर्नुहोस् ।

म यो हुन दिने छैन कि यस्तो तल्लो स्तरको कहानीमा मेरो नाम जोडियोस् । मैले आज बोल्ने फैसला गरे किनभने मलाई लाग्यो कि चुप रहनुलाई कसैले उसको कमजोरी नठानोस् । भलै तपाईँहरु मेरो श्रीमानको आलोचना गर्नुहोस् तर त्यो आलोचना तथ्यमा आधारित होस् तर मेरो नाम नजोडियोस् । मैले कडा मेहनतका साथ आफ्नो करियर बनाएकी छु । म यसबारे कसैसँग सम्झौता गर्न सक्दिन ।

केही व्यक्तिलाई शायद यो कुरा नपच्न सकेको हुनुपर्छ कि म आफ्नो मेहनतका आधारमा सफल भएकी एक स्वतन्त्र महिला हुँ जो एक क्रिकेटरकी पत्नी पनि हो ।

कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्