कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु

साङ्केतिक तस्बिर ।

धनगढी– कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यू भएको छ । बिहीबार बर्दगोरिया गाउँपालिकाको बौनिया सडक खण्डमा साइकल चलाई रहेका दुई जना बालकलाई ना ७ ख ६०६४ नम्बरको बसले ठक्कर दिएर घाइते बनाएको थियो ।

घाईते १२ वर्षे लक्ष्मण चौधरी र ८ वर्षे अंसु चौधरीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार उनीहरुको बौनियामा सामान्य उपचार पछि बालकको नेपालगञ्ज रेफर गरिएको थियो ।

तर त्यहाँपनि उपचार सम्भव नभए पछि थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको थियो । लखनउमा उपचारकै क्रममा दुवै जनाको मृत्यू भएको उनले बताए ।

कात्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्