लाखौं मूल्य बराबरका गहना चोरी गर्ने भारतीय नागरिक पक्राउ

झापा – भारतको सिलिगुडी घर भएका ४३ वर्षीय रघुबर प्रसाद साहलाई चोरी गरेको ठुलो परिणामको सुन र चाँदीका गरगहना सहित झापाबाट पक्राउ गरिएको छ।

साहलाई जिल्ला प्रहरी कार्यालय झापामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको हो।

विज्ञापन

झापाको कमल गाउँपालिका–६ स्थाई घर भई हाल विर्तामोड नगरपालिका–५ मा डेरा गरी वस्ने वर्ष ३५ की ललिता सापकोटा, गिता पौडेल र वर्ष ३५ की मधु गुप्ताको घरमा बुधबार दिउँसो कोही नभएको अवस्थामा चोरी भएको भन्ने जानकारी पाएको थियो। खबर पाए लगत्तै खटिएको ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थल आसपासमा रहेको सी–सी–क्यामरा फुटेज हेर्दा चोरी गरेर निस्किँदै गरेको फुटेज भेटेको थियो । यही फुटेजको आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

साहलाई बिर्तामोड–५ बाट पक्राउ गरिएको हो । पक्राउ परेका साहले प्रयोग गरेको डब्लु बी ७४ एएम २७२४ नम्बर प्लेटको भारतीय गाडीसमेत बरामद गरिएको झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।

गाडीबाट लाखौं मुल्य बराबरको सुन तथा चाँदीका गरगहना, नेपाली रुपैयाँ ३८ हजार र भारतीय रुपैयाँ १३ हजार ७ सय बरामद भएको छ ।

कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्