जनकपुरधाममा कार्तिक २२ देखि ‘नेपाल साहित्य उत्सव’ को आयोजना

जनकपुरधाम–जनकपुरधाममा तिन दिने नेपाल साहित्य उत्सव हुने भएको छ। ‘बुक वर्ड फाउण्डेशन’ को आयोजनामा जनकपुरधाममा पहिलो पटक कार्तिक २२ देखी २४ गते सम्म नेपाल साहित्य उत्सव हुन लागेको छ । नेपाल साहित्य उत्सवको आठौँ संस्करण यस पटक जनकपुरधाममा हुन लागेको हो।

सन २०११ मा शुरु भएको नेपाल साहित्य उत्सव ४ पटक काठमाडौँ र ३ पटक पोखरामा आयोजना गरेपछि यस पटक आफ्नो आठौँ संस्करण जनकपुरधाममा गर्न लागेको फाइन प्रिन्टका अजित बरालले जानकारी दिए ।

विज्ञापन

तीन दिनसम्म चल्ने साहित्य उत्सव जनकपुरधामको विभिन्न ६ वटा ऐतिहासिक स्थानमा विभिन्न सत्रको आयोजना गरिने आयोजकले जनाएका छन् । कुल ११ वटा सत्र रह्ने सो उत्सवका लागि जनकपुरधामको जानकी मन्दिर, विवाहमण्डप, रेल्वे स्टेशन, गोपाल धर्मशाला, गंगासागर पोखरी लगायतका स्थलहरुको प्रयोग गरिने भएको छ ।

साहित्य उत्सवको उदघाटन कार्तिक २२ गते विवाह मण्डपबाट गरिने छ । कार्यक्रम उदघाटन सत्रमा पूर्व राष्ट्रपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री माधव नेपालसंग पत्रकार चन्द्र किशोर झाले चुरेको चिन्तामा छलफल हुनेछ।

उदघाटन सत्रमै जानकी मन्दिरको प्रांगणमा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले सीता माथि प्रवचन दिनेछन् ।

त्यस्तै उत्सवको दोस्रो सेसन जनकपुरधामको रेल्वे स्टेशनमा हुने छ । त्यसमा अर्थतन्त्र र राजनीतिमाथि चर्चा हुनुको साथै प्रदेश वा परदेश विषयमा कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा र प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतसंग छलफल हुने छ ।

स्वभिमान सम्मान र अभिमान विषयमाथि हिमाल खबर साप्ताहिकका सम्पादक किरण नेपाल, प्रदेश दुईका मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारी बिच परिचर्चा गरिने छ । यस सत्रको मोडरेटर नेपाली कांग्रेसका युवा नेता गगन थापा गर्ने आयोजकले जनाएको छ ।

विकासको खाका माथि जनकपुरधाम उपमहानगरपालिका, विरगंज महानरपालिका र राजविराज नगरपालिकाका प्रमुख बिच सम्वाद हुनेछ यसको मोडरेटर पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले गर्नेछिन् । भने यस सेसनमा भारतबाट गाउँपालिकाबाट राष्ट्रपतिबाट सम्मानित प्रमुख आउने अयोजकले बताए ।

उत्सवको एउटा सेसन जनकपुरधामको गंगासागरको पोखरीमा स्टेज बनाएर त्यसमा कविता वाचन हुने आयोजकले बताए । यसका साथै साहित्य उत्सवमा सीमा सम्वाद, साहित्य सम्झनामा लगायतका सत्रहरु समावेश गरिएको छ ।

यस उत्सवमा स्थानिय देखि लिएर बाहिरबाट विभिन्न साहित्यकारहरुको उपस्थिति रहने भएको छ । यस उत्सवमा दुई वटा महिला लेखीका द्धारा लिखित किताब सहित ३ वटा पुस्तहरुको लोकार्पण गरिने भएको छ ।

कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्