काठमाडौँ– शनिबार हुने छठ पर्वको रौनक सुरु भइसकेको छ। छठमा विभिन्न विधिमा पूजा हुन्छन्। सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ ।

यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ , पानी सिंगडा , सुथनी , उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ।

छठ मनाउने तयारीमा जुटेकाहरुको बजारमा किनमेल गरिरहेका छन्। छठ पूजामा प्रयोग हुने नाङ्लो सुपली, दौरा किनमेल गर्नेहरुको बिहानैदेखि भिड लागेको छ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कालिमाटीमा छठ पर्वको लागि आवश्यक सामान किनमेल गर्दै गरेका केही तस्बिर कैद गरेका छन्।