माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनालाई ५० अर्बको सम्झौता

साङ्केतिक तस्बिर

काठमाडौँ- दुई सय १६ मेघावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजना निर्माणका लागि ॠण लगानी सम्झौता भएको छ।

राजधानीमा शुक्रबार आयोजित विशेष कार्यक्रमका बीच ९ वटा अन्तर्राष्ट्रिय ऋण दाताहरुसँग सम्झौता भएको हो ।

विज्ञापन

आयोजनाका कोरियन लगानीकर्ता र ती बैंकहरुबीच सम्झौता भएको हो।

अन्तर्राष्ट्रिय ऋणदाताले पचास अर्ब ऋण सहयोग गरेर सम्झौता गरेका छन् भने कोरियन लगानीकर्ताले जुटाएका छन्।

पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना प्रबर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका जेनेरल म्यानेजर गिरिराज अधिकारीले जानकारी दिए।

ती दाताहरुले ७ प्रतिशत ब्याजमा ऋण प्रदान गरेका हुन्।

सम्झौता समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडा र उर्जामन्त्री वर्षमान पुन, सरकारी अधिकारी र दाताहरु सहभागी थिए ।

उक्त आयोजना रसुवाको धुन्छे र मैलुङ्को बिचमा रहेको हाकुमा बन्न लागेको हो।

कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्