भारतीय दुतावासद्धारा औषधी तथा उपकरण हुम्ला अस्पताललाई सहयोग

सिमकोट– भारतीय दुतावासले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरेर हुम्ला अस्पताललाई औषधी तथा उपकरण सहयोग गरेको छ ।

दुतावासको आर्थिक सहयोगमा हुम्ला जिल्ला अस्पताललाई औषधी तथा उपकरण पनि सिमकोट बिमानस्थलमा प्रदान गरिएको थियो ।
हिल्सामा स्थापना भएको अस्थायी स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालले मानसरोवर कैलाशको सिजनमा भारतीय नागरिकहरुलाई उपचारमा सहयोग पुर्याएकोमा धन्यबाद दिदैँ अस्पतालको स्तरउन्नोतिमा सहयोग पुगोस भनेर औषधी तथा उपकरण सहयोग गरिएको राजदुत मन्जिभ सिंह पुरीले बताए।

विज्ञापन

दुताबासबाट आगामी दिनमा पनि सहयोग जारी रहने राजदुत पुरीले बताए। चालीस लाख मुल्यका पाँच क्वीन्टल औषधी र उपकरणहरु प्राप्त भएको जिल्ला अस्पतालका डाक्टर टसी लामाले बताए । नेपाली सेनाको एमआई सेभेनटिन हेलिकोप्टर चार्टर गरेर टोली हुम्ला आएको थियो।

औषधी हस्तान्तरण कार्यक्रममा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सहभागीता रहेको थियो ।

गत वर्ष उक्त गाउँपालिकालाई भारतीय दुतावासले एम्बुलेन्स सहयोग गरेको थियो । उक्त एम्बुलेन्स हालसम्म यातायात कठिनाईको कारण हुम्लामा ल्याउन सकिएको छैन ।

कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्