सवारी दुर्घटनामा पूर्व सांसदको मृत्यु

जनकपुरधाम–धनुषामा सवारी दुर्घटनामापरी पूर्व सांसदको मृत्यु भएको छ । शुक्रबार धनुषाको मिथिला नगरपालिका वडा नं. २ विश्वकर्मा चौकमा यात्रुबाहक बसको ठक्करबाट नेकपाका पूर्व सांसद रामलखन महतोको मृत्यु भएको हो।

साईकलमा सवार पूर्व सांसदलाई विश्वकर्मा चौकमा विपरीत दिशाबाट आइरहेको बा ५ ख ८८५ नम्बरको बसले ठक्कर दिएपछि घाइते भएका महतोको उपचारको क्रममा जनकपुरधाम स्थित अस्पतालमा मृत्यु भएको प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए। ठक्कर दिने बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको धनुषा प्रहरीले जनाएको छ ।

विज्ञापन

६० वर्षे महतो एमालेबाट २०५१ सालमा निर्वाचित भएका थिए।

कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्