तीब्र गति र घुम्ति बाटोले तीन बालिकाले ज्यान गुमाए

दाङ–वनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको पहिचान खुलेको छ। लमही–कोइलावास सडक खण्ड अन्तरगत गढवा गाउँपालिका वडा नं– ५ चिसापानीमा भएको दुर्घटनामा परेर गढवा गाउँपलिका वडा नं– ६ स्थित चिल्ले निवासी ११ बर्षिय निनु पुन, सोही ठाउँकी १२ बर्षिय सिमा परियार र १२ बर्षकै सुनिता पुनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठोरले जानकारी दिएका छन् ।

विज्ञापन

दुर्घटनामा परेर २१ जना घाईते भएका छन् । जस मध्य १५ जनालाई थप उपचारको लागी नेपालगञ्ज लगीएको छ । घाईते मध्य ७ जना गम्भिर घाईते छन । बाँकी घाईतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।

गढवा गाउँपालिका वडा नं– ६ चिल्लेका बालबालिका बनभोजको लागी गढवा गाउँपालिका वडा नं– ५ चिसापानी पुगेका थिए । वनभोज पछी फर्कदै गर्दा वनभोज स्थल देखी दुई सय मिटर नजिक रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

यसरी भयो दुर्घटना

१२ बर्षिय आयुष रानाको टाउँकोमा चोट लागेको छ । ट्याक्टरको ट्रालीमा बसेका आयुष घर फर्कदै गरेका थिए । तर, ओरालो बाटोमा ट्याक्टरको गती तिब्र भयो । तिब्र गती र ओरालो सडकमा ट्याक्टरको ट्राली पल्टियो र पल्टीएको ट्रालीले च्यापेर आयुष घाईते भए भने उनका तीन जना साथीको मृत्यु हुन पुग्यो । ‘भैलो खेलेर १२ हजार जम्मा गरेका थियौं । त्यही १२ हजारले वनभोज खान गएका थियौं’ आयुषले भने–‘मासु भात, चिसो कोक, फेन्टा खायौं । फर्कने बेलामा ट्याक्टर पल्टीयो ।’

गाउँ नै शोकमा डुब्यो

११ बर्ष देखी १५ बर्ष सम्मका बालबालिका मिलेर भैलो खेलेका थिए । भैलो खेलेर जम्मा गरेको रकमले ट्याक्टर भाडामा लिएर वनभोज खान नजिकै गएका थिए । तर, फर्कने बेलामा ट्याक्टर दुर्घटनामा पर्‍यो। माया पुन छोरी निनु पुनको मृत्यु भएपछी मुर्छित छिन । घाइते छोरीलाई भेटन आउदा उनले छोरीको मुख देख्न पाइनन ।

कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू