पाटनमा सुरु भयो ऐतिहासिक कात्तिक नाच (११ तस्बिरहरु)

कात्तिक नाच। तस्बिरहरु: सुलभ श्रेष्ठ

पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा ऐतिहासिक कात्तिक नाच शुक्रबारबाट सुरु भएको छ।

१२ दिनसम्म चल्ने नाचका लागि बिहीबार दरबारको नासल चोकस्थित नाथेश्वरको पूजा गरिएको थियो भने नाचको पहिलो दिन ‘सुदामा लीला’ नाच देखाइएको छ।

विज्ञापन

परम्पराअनुसार कात्तिक महिनाभर अथवा २७ दिन सञ्चालन गर्नुपर्ने नाच यस वर्ष पनि १२ दिनमा सीमित हुने भएको छ।
देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कात्तिक नाचको पहिलो दिन देखाइएको ‘सुदामा लीला’को तस्बिरहरु खिचेका छन्।
कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्