हल्का वर्षासँगै हिमपातको सम्भावना

काठमाडौँ – देशको पश्चिमी र पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भूभागमा शनिबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र पश्चिमी उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

विज्ञापन

आज राती पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने देखिएको मौसमविदले बताएका छन् ।

कार्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू