दिल्लीको हावाको स्थिति यति खराब कसरी बन्यो?

भारतको राजधानी दिल्लीमा प्रदूषणको स्तर बढेपछि त्यहाँको सरकारले पब्लिक हेल्थ इमरजेन्सी घोषणा गरेको छ । केजरीवाल सरकारले दिल्लीका सबै विद्यालय नोभेम्बर पाँच सम्मका लागि बन्द गर्ने घोषणा गरेको छ ।

यसअघि दिल्लीका विद्यालयहरुमा प्रदूषणबाट बच्न मास्क वितरण गरिएको थियो । दीपावलीपछि दिल्लीको हावा निकै खराब भएको थियो । मानिसहरुलाई स्वास फेर्न समेत अप्ठ्यारो भइरहेको थियो । अस्पतालमा बिरामीहरुको संख्या लगातार बढिरहेको छ ।

विज्ञापन

दिल्लीको हावामा प्रदूषणका खतरनाक कणको स्तर विश्व स्वास्थ्य संगठनको मानक भन्दा २० गुणा अधिक पुगेको छ । हावाको गुणस्तरमा आएको गम्भीर गिरावटलाई मध्य नजर राख्दै त्यहाँको सुप्रीम कोर्टले दिल्लीका साथै छिमेकी राज्यमा पनि केही कुराहरुमा प्रतिबन्ध लगाउने आदेश दिएको छ ।

पर्यावरण प्रदूषण प्राधिकरणले पाँच नोभेम्बरसम्म सबै किसिमका निमार्णको कार्यमा रोक लगाएको छ । मानिसहरुलाई सकेसम्म कम घर भन्दा बाहिर निस्कन आग्रह गरिएको छ ।

दिल्लीको हावाको स्थिति यति खराब कसरी बन्यो?

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यसलाई पूर्ण रुपमा छिमेकी राज्यमा किसानहरुले जलाएको परालको असर बताएका छन् तर केन्द्रीय पर्यावरणमन्त्री प्रकाश जावडेकरको भनाई छ कि हरियाणा र पञ्जावलाई यो स्थितिका लागि दोष दिन बन्द गरेर आपसमा मिलेर समस्याको समाधान गर्ने प्रयास गरियो भने स्थिति राम्रो होला ।

तर राजनीतिक बयान जे भए पनि दिल्लीका बासिन्दा यो समस्याका कारण हैरान भएका छन् । विद्यालयहरु त बन्द गरिएका छन् तर मानिसहरुलाई आफ्नो कामका लागि बाहिर त निस्कनै पर्छ । सडकमा हिँड्ने मानिसहरु टाउको दुख्ने, खोकी लाग्ने, आँखा पोल्ने समस्याले ग्रस्त बनिरहेका छन् ।

हावाको गुणस्तर एयर क्वालीटी इण्डेक्सबाट नापिन्छ । यदि हावाको गुणस्तर ०–५० को बीचमा छ भने यसलाई राम्रो मानिन्छ । ५१–१००को बीचमा छ भने सन्तोषजनक, १०१–२००को बीचमा रह्यो भने औसत, २०१–३००को बीचमा छ भने खराब र ३०१–४००को बीचमा छ भने त्यसलाई अत खराब मानिन्छ । र यदि ४०१ देखि ५००को बीचमा छ भने त यसलाई झनै गम्भीर मानिन्छ ।

दिल्लीका कैयौँ क्षेत्रमा पीएम २.५ आफ्नो उच्चतम स्तर ५००को भन्दा पनि पार पुगेको छ । पीएम २.५ हावामा तैरने कण हो जो हामी देख्न सक्दैनौँ । तर स्वास फेर्दा यो हाम्रो शरीरमा प्रवेश गर्छ । वायुमण्डलमा यसको मात्रा जति कम भयो हावा त्यति नै सफा हुन्छ । यसको हावामा सुरक्षित स्तर ६० माइक्रोग्राम छ । यसका साथै पीएम १० भी हावाको गुणस्तरलाई प्रभावित गर्छ ।

सन २०१७ मा हावामा खतरनाक सुक्ष्म पीएम २.५ कणको मात्रा ७०० माइक्रोग्राम प्रति घनमिटरसम्म पुगेको थियो । यो कण हाम्रो नाकबाट प्रवेश गरेर फोक्सोमा समेत नकारात्मक असर गर्छ । यसका साथै कैयौँ अन्य हानिकारक तत्व छन् जो गाडी तथा उद्योगहरुबाट निस्कन्छ जस्तो कि नाइट्रोजन डाइअक्साइड र ओजोन जस्ता ग्यास ।

यो गम्भीर स्थितिलाई ध्यानमा राखेर पब्लिक इमरजेन्सी घोषणा गरिएको छ । सेन्टर फर साइन्स एण्ड इनवायरमेन्टका रिसर्च एसोसिएटका शाम्भवी शुक्लाको भनाई छ कि हावाको कन्सन्ट्रेशन लेभल सामान्य भन्दा धेरै गम्भीर स्थितिमा पुगिसकेको छ । उनका अनुसार कुनै पनि मानिसले यस हावामा स्वास लियो भने उसमा नकारात्मक असर देखा पर्नेछ ।

शाम्भवीका अनुसार सबैभन्दा धेरै देखिने लक्षणमा आँखा पोल्ने र स्वास फेर्न कठिन हुनु हो । उनका अनुसार यो स्थिति उत्पन्न हुनुमा कुनै एक कारणलाई दोष दिन सकिँदैन ।

उनी भन्छिन् ‘यो कुरालाई इन्कार गर्न सकिँदैन कि छिमेकी राज्यमा जलाइएको पराल एक कारण हुन सक्छ तर मात्र त्यो एक मात्र कारण हो भनेर भन्न सकिँदैन । यसका साथै निर्माण कार्य र गाडीबाट निस्कने प्रदूषण पनि कारण हुन सक्छन् ।

बिबिसी हिन्दीको सहयोगमा

कार्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू