जनकपुरमा छठको धुमधाम (फोटो फिचर)

जनकपुरधाम– छठ पर्वको तेस्रो तथा मुख्य दिन शनिबार जनकपुरधामसहित देशभर छठ मनाइँदै छ। छठ पर्व मनाउनको लागि जनकपुरधाममा खरनाकै राति शुक्रबार रातिदेखि घाटमा अर्घ लिएर जानेहरुको भिड लागेको छ।

अहिले जनकपुरधामको गंगासागर, अरगजा सर, दशरथ तलाउ, गोरधोई पोखरी, नोचा पोखरी, गोसाईकुण्ड लगायत दर्जनौँ पोखरीहरुमा श्रद्धालु भक्तजनसहित पर्यटकहरुको भीड लागेको छ। जनकपुरधामको पोखरीहरुमा अहिले आन्तरिक पर्यटक मात्र नभई अन्य देशबाट समेत पर्यटकहरु आएका छन्।

विज्ञापन

जनकपुरधामको छठ पर्व नेपालमै प्रसिद्ध रहेकोले यहाँ भीड बढी हुने गरेकोले अहिले जनकपुरधामको सुरक्षा व्यवस्था कडा गरिएको छ।शनीबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ भने आइतबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ।

जनकपुरधामका पोखरीहरुलाई दुलही जस्तै सिँगारिएको छ।

छठ पर्व सभ्य र गहिरो रहेको रहेपनि अहिलेसम्म यस पर्वको महत्व बारेमा सबैलाई जानकारी नरहेको अवस्थामा यस पटक यसको महत्वको बारेमा सबैजनानाई सूचित गराउने योजना रहेको भ्रमण वर्ष २०२० का प्रदेश–२ का संयोजक मनिष झाले बताए।

उनले भने, ‘तराई–मधेशमा हुने विभिन्न उत्सवहरुलाई महोत्सव बनाउनु पर्छ। यस पर्वहरुलाई अन्तराष्ट्रियकरण गर्नु जरुरी रहेको छ।’

कार्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्