प्रधानमन्त्री ओलीको 'स्वास्थ्य अपडेट'

तत्कालका लागि अरु बिरामी जस्तै सातामा तीनपटक डायालासिस गर्नु पर्ने

फाइल तस्बिर

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले अब दोस्रो पटक मिर्गौला प्रत्यारोपण नगरुञ्जेलसम्म नियमितरुपमा सातामा तीनपटक डायालासिस गर्नु पर्ने भएको छ।

त्यसबारे उनले शनिबार बालुवाटारमा आयोजित नेकपा सचिवालय बैठकमै गराएका हुन्।

विज्ञापन

१२ वर्षअघि प्रत्यारोपित मिर्गौला ‘फेल’ भएका कारण प्रधानमन्त्री ओलीले अन्य बिरामी जस्तै एक पटकमा करिब चार घण्टा मेसिनमा बसेर चिकित्सकको निगरानीमा हेमोडायलासिस गर्नु पर्ने भएको छ।

बैठकमा सचिवालय सदस्यहरुले ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्दा ओलीले भनेका थिए,‘ म गम्भीर होइन । केही समस्या देखा परेको छ । फोक्सोमा पनि पानी जमेको रहेछ । मिर्गौलाले राम्ररी काम गरेन । घरीघरी समस्या आएपछि अस्पताल पुगेर डायलासिस गरेको हो । अव थप अव डायालासिसको कोर्स डाक्टरहरुले निर्धारण गर्नुहुन्छ।’

ओलीले आफ्नो स्वास्थ्यबारे बताउँदै गर्दा उनको अनुहार हल्का सुनिएको बैठकमा सहभागि एक सदस्यले बताए ।

‘बालुवाटारमा डायालसिसको व्यवस्था नहुञ्जेल यसअघि जस्तै ग्रान्डीमै गएर डायालसिस गर्ने तयारी छ’ ती सदस्यले भने ।

बैठकपछि पत्रकाहरुसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले भने प्रधानमन्त्री ओलीले आफूलाई केही समस्या आएको तर आफू सिकिस्त भने नभएको र केही रिपोर्ट आउन बाँकी रहेको जानकारी गराएको बताए ।

अस्पताल जान आउन धपेडी हुने भएकाले प्रधानमन्त्री ओलीको डायलासिसका लागि बालुवाटरमै मेसिन जडान गरिने र त्यसमा सहयोग गर्न राष्ट्रिय मिर्गौला रोग केन्द्र बनस्थलीलाई आग्रह गर्ने बुझिएको छ।

उक्त केन्द्रले मात्रै प्रधानन्त्रीलाई आवश्यक मोबाइल डायालसिस दिन सक्ने भएकाले उसलाई अनुरोध गर्ने तयारी भइरहेको हो।

प्रधानमन्त्री ओलीले दुई दिन अघि धापासीस्थित ग्रान्डी इन्टरनेशल अस्पतालमा पनि मोबाइल डायलासिस गरेका थिए।

प्रधानमन्त्री ओलीले लामो समयपछि शनिबार बिहान १० बजे बैठक बोलाएका थिए । तर उनले ‘इन्जेक्सन’ लगाउनु पर्ने भएपछि झण्डै डेढ घण्टा पर धकलिएको थियो ।

पुन : मिर्गौला प्रत्यारोपण आफैमा जोखिमपूर्ण भएको, दाता पाउन मुस्किल पर्ने र त्यो ‘म्याच’ गर्न कठिन हुने गर्छ । तर त्यसबारे पनि बालुवाटारमा छलफल भइरहेको छ।

ओलीले भने, ‘फेरी मिर्गौला प्रत्याोपण गर्नु पर्ने हुन सक्छ ।त्यसबारे पनि छलफल भइरहेको छ । तर निधो भइसकेको छैन ।’

शनिब

कार्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्